कुटपिटको उजुरी हाल्न लगाएर इन्स्पेक्टर विनुले थालेकी थिइन् बार्गेनिङ, यसअघि पनि परेकी थिइन् विवादमा – Nepal Press

कुटपिटको उजुरी हाल्न लगाएर इन्स्पेक्टर विनुले थालेकी थिइन् बार्गेनिङ, यसअघि पनि परेकी थिइन् विवादमा

काठमाडौं । भैँसेपाटी प्रहरी प्रभाग प्रहरीको मुद्दा चल्ने युनिट होइन । कुनै उजुरी परे र मुद्दा चलाउनुपर्ने अवस्था भए उक्त प्रभागले ललितपुर जिल्ला प्रहरी परिसर, जावलाखेल पठाउँछ । यतिबेला सोही प्रभागको नेतृत्व गरिरहेकी इन्स्पेक्टर बिनुकुमारी शाही एक मुद्दालाई लिएर पैसा खाएको आरोपमा विवादित बनेकी छन् ।

उनीमाथि हनी ट्रयापको विषय बलात्कारमा फसाइदिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप लागेको छ । उनले दुईजना आफन्तको नाममा पैसा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यही कारण उनलाई जिम्मेवारीबाट हटाएर निलम्बनका लागि सिफारिस पनि गरिएको छ । ललितपुर प्रहरी परिसरले छानबिनका लागि डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा समिति बनाएको छ ।

स्रोतका अनुसार पैसा लिइएका व्यक्तिविरुद्ध सुरूमा कुटपिटको उजुरी दर्ता भएको थियो ।

‘बलात्कार भनेर तर्साउँदै पैसा उठाउने नियतले सुरुमा कुटपिटको उजुरी गर्न लगाएको देखिन्छ। पछि आफूले मिलाई दिने भनेर पैसा हाल्न लगाएको भन्ने छ। हामी हेरिरहेका छौँ’, छानबिनमा संलग्न एक अधिकारीले भने ।

२०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी शाही विवादित अफिसर हुन् । उनले कन्चनपुरको जिल्ला प्रहरीको मुद्दा शाखामा रहँदा सहकर्मीलाई यातना दिएको आरोप लागेको थियो ।

शाहीको यातनाका कारण आफूले जागिर छाड्न बाध्य भएको भन्दै उजुरी परेको थियो । अर्को घटनामा थुनुवामाथि ज्यादती गरेको आरोप पनि उनीमाथि लागेको थियो । यस्तै रिपोर्टिङमा खटिएका पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै शाही विवादमा आएकी थिइन् । शाही गत जेठमा भैँसेपाटी प्रभागमा नेतृत्व गर्न पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *