घुस लिँदै गर्दा पक्राउ परेका बुद्धशान्तिका वडाध्यक्ष ओली निलम्बित – Nepal Press

घुस लिँदै गर्दा पक्राउ परेका बुद्धशान्तिका वडाध्यक्ष ओली निलम्बित

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।

सेवाग्राहीसँग घुस लिँदालिँदै असोज ८ गते रंगेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको जानकारी पत्र पठाएको छ ।

वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदै गर्दा पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौंबाट म्याद थप भई आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सार्वजनिक पद धारण गरेका व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत: निलम्बनमा रहने कानूनी प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर