देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक – Nepal Press

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

असोज १३ गते आइतबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको कार्यबहाक मुख्यमसचिव प्रदीप पराजुलीले बताए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाएको उनले बताए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी अभियानलगायतको बिषयमा छलफल हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर