बुटवलका ७ मासु पसल कारबाहीमा – Nepal Press

बुटवलका ७ मासु पसल कारबाहीमा

रुपन्देही । बुटवल उपमहानरपालिकाले चाडपर्व नजिकेसँगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ ।

बुधबार गरिएको अनुगमनबाट ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दासमेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जनाए।

बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललाई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए ।

अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको उनको भनाइ छ ।

दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्री गरेको पाइए ५० हजार जरिवान हुने र त्यसपछि पनि बध नगरिएको विक्री गरिएको पाइए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए ।

बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्री वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न उनले आग्रह गरे ।

नगरपालिकाले लामो समयदेखि मासुन्य बस्तु (खसीबोका)बधशालामा मात्रै बध गरेको विक्री वितरण गर्नुपर्ने निमय लागू गरिसकेको छ तर व्यवसायीहरुले त्यो क्षेत्र आफ्नो सहमतिअनुसार नगरिएकाले नजाने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *