पुटिनले परिवर्तन गरे आणविक नीति, अब यस्तो अवस्थामा प्रयोग गरिने – Nepal Press

पुटिनले परिवर्तन गरे आणविक नीति, अब यस्तो अवस्थामा प्रयोग गरिने

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको स्थापित आणविक हतियारबारेको नीति परिवर्तन गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार बुधबार पुटिनले अद्यावधि गरेको नयाँ आणविक नीतिले पुरानो परम्परा भन्दा भिन्नपन देखाएको छ ।

अब कुनै आणविक देशले गरेको आक्रमण मात्रै नभएर गैरआणविक देशले आणविक देशको सहयोगमा गरेको आक्रमणलाई पनि नीतिमा जोडिएको छ । अर्थात् रुसले आफ्नो भूमिमा आक्रमण गर्दा प्रतिरक्षामा आणविक हतियार प्रयोग गर्न सक्छ ।

रुस सरकारका प्रबक्ता दिमित्रि पेस्कोभले बताए अनुसार यो नीतिले पश्चिमा देशहरुलाई संकेत गरेको छ । आरटीमा उल्लेख गरिए अनुसार पेस्कोभले युक्रेन मामिलामा जोडेर पश्चिमा देशहरुलाई लक्षित गरेको बताएका छन् ।

रुस विश्वको सबैभन्दा धेरै आणविक हतियार भएको देश हो । तर, आणविक हतियार दुस्मन देशमा प्रयोग गर्ने देश भने अमेरिका मात्रै हो । अमेरिकाले दोस्रो विश्व युद्धताका जापानका हिरोसिमा र नागासाकिमा आणविक बम हानेर जापानलाई घुँडा टेकाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *