जितिया पर्व मनाउन स्नान गर्ने क्रममा डुबेर भारतमा ४३ जनाको मृत्यु – Nepal Press

जितिया पर्व मनाउन स्नान गर्ने क्रममा डुबेर भारतमा ४३ जनाको मृत्यु

काठमाडौं । भारतमा जितिया पर्व मनाउने क्रममा नदी तथा पोखरीमा स्नान गर्दा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार भारतको बिहार राज्यको उक्त घटनामा ३७ जना बालबालिका छन् ।

बालबालिकाहरुको हितको लागि आमाहरुले मनाउने जितिया पर्वमा यस्तो दुःखद घटना भएको हो । मिडियासँग कुरा गरेका भारतीय सरकारी अधिकारीहरुले नदी तथा पोखरीमा पानीको तहबारेमा जानकारी नलिइकन भएको स्नानको कारणले यस्तो दुःखद घटना भएको बताएका छन् ।

भारतमा जितिया पर्वमा यस्ता दुःखान्त घटनाहरु हुँदै आएका छन् । उदाहरणको लागि गत वर्ष पनि जितिया पर्वकै बेलामा २२ जनाको डुबेर मृत्यु भएको थियो । जसमा १५ जना बालबालिका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *