गाजा कारोबारी प्रहरी हवल्दारसहित ३ जना थुनामा पठाउन आदेश – Nepal Press

गाजा कारोबारी प्रहरी हवल्दारसहित ३ जना थुनामा पठाउन आदेश

हेटौंडा । मकवानपुर जिल्ला अदालतले लागूऔषध कारोबार गरेको आरोपमा एकजना प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा तनहुँ घर भई चितवनमा कार्यरत प्रहरी हवल्दार३८ वर्षीय निमबहादुर गुरुङ सहित चितवन राप्ती नगरपालिका–१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर २ का ३६ वर्षीय सुनिल मोक्तानलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

हवल्दार गुरुङ ईलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत थिए । गुरुङ पक्राउ पर्नेवित्तिकै निलम्बित भइसकेका छन् । तीनै जनालाई भीमफेदी कारागार पठाइसकेको छ ।

मकवानपुर प्रहरीले गत २०८१ असार १२ गते हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे हेटौंडाबाट पथलैयातर्फ गइरहेको ना ५ ख १११८ नम्बरको डिब्बा गाडी रोकेर जाँच गर्दा १ सय ६२ केजी गाँजा फेला पारेको थियो । सोही गाडीको चालक धनबहादुर र अर्का ब्यक्ती सुनिललाई गरिएको सोधपुछको आधारमा प्रहरी हवल्दारको पनि सम्लग्नता देखिएपछि उनलाई पक्राउ गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *