सप्तकोसीमा १७ जना यात्रु बोकेको बस खस्यो – Nepal Press

सप्तकोसीमा १७ जना यात्रु बोकेको बस खस्यो

इनरुवा (सुनसरी) । कोसी ब्यारेजको ३४-३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ ।

बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

बसमा सवार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए ।

सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *