प्रदेश योजना आयोगमा २ सदस्य नियुक्तिसहित यी हुन् कोशी सरकारका निर्णय (भिडिओ) – Nepal Press

प्रदेश योजना आयोगमा २ सदस्य नियुक्तिसहित यी हुन् कोशी सरकारका निर्णय (भिडिओ)

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुईजना सदस्य नियुक्त गरेको छ । बिहीबार विराटनगरमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले आयोगको सदस्यबाट भवानी बराल र नमिता न्यौपानेले दिएको राजीनामा स्वीकृत गर्दै दुईजनालाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

बराहक्षेत्र ७ सुनसरीका नारायण कोइराला र विराटनगर ४ की प्रमिला कुमारी गच्छदारलाई आयोगमा सदस्यमा नियुक्ति गरिएको हाे ।

प्रदेश सरकारको वार्षिक प्रतिवेदन प्रदेश सभासमक्ष पेश गर्ने पनि निर्णय गरिएको छ ।

त्यस्तै बैठकले प्रदेश सचिव हेमराज तामाङलाई सामाजिक विकास मन्त्रालयको प्रदेश सचिवको रिक्त पदमा खटाउने निर्णय गरेकाे छ।

त्यस्तै, विदेशी पर्यटक सवारी साधनको अस्थायी रुट सम्बन्धी नियमावली स्वीकृत गरिएको छ । जसकाे भोलि बिहान ११ बजे रुटको स्टिकर पनि सार्वजनिक गर्ने जनाइएकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *