३ जिल्लाका सिडिओसहित २७ उपसचिवको सरुवा (सूची) – Nepal Press

३ जिल्लाका सिडिओसहित २७ उपसचिवको सरुवा (सूची)

काठमाडौं । विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सहित २७ जना उपसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार मन्त्रालय तथा मातहतमा कार्यरत उपसचिव स्तरका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सहितका २७ जना उपसचिवको सरुवा गरेको हो ।

जसमा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । मन्त्रालयले रुकुम पश्चिम, म्याग्दी र कालिकोट जिल्ला प्रशासन कार्यालयका प्रजिअ हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार मन्त्रालयका उपसचिव कुलबहादुर जिसीलाई रुकुम पश्चिम, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई म्याग्दी र मन्त्रालयकै उपसचिव नारायणप्रसाद भट्टराई कालिकोटको प्रजिअको जिम्मेवारी दिएको छ ।

रुकुम पश्चिमका हरिप्रसाद पन्त र म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको यसअघि नै सरुवा भएसँगै रिक्त थियो भने कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएको छ ।

यस्ताे छ सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *