संस्कृत विश्वविद्यालयमा सात महिनापछि खुल्यो तालाबन्दी, यस्ता छन् सहमति – Nepal Press

संस्कृत विश्वविद्यालयमा सात महिनापछि खुल्यो तालाबन्दी, यस्ता छन् सहमति

रुपन्देही । सात महिनाअघि नेपाल संस्कृत विश्वविद्यालयमा लगाएको ताला बिहीबारबाट खुलेको छ। स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरूले विभिन्न माग राखेर लगाएको ताला बिहीबारदेखि खुलेको हो ।

विद्यार्थीहरूले राखेका मागलाई विश्वविद्यालयले सम्बोधन गर्ने सहमति जनाएपछि विद्यार्थीहरूले ताला खोलेको जनाएका छन् । विश्वविद्यालयका क्रियाशील विद्यार्थी सङ्घ संगठनहरूले विभिन्न माग राखेर ७ महिना अगाडिदेखि विश्वविद्यालयमा ताला लगाएका थिए ।

जनता विद्यापीठका प्राचार्य योगराज शर्माको संयोजकत्वमा बनेको वार्ता कमिटीले विद्यार्थीहरूसँगको वार्तापछि ७ महिनापछि ताला खोल्ने सहमतिपछि विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्य भने सहजता आउने छ ।

विश्वविद्यालयको तालालागाउने विद्यार्थी संगठनका प्रतिनिधि र विश्वविद्यालयको वार्ता समितिबीच भएको छलफलपछि आन्दोलनरत पक्षको माग पूरा गर्ने सहमति भएपछि ताला खुलेको जनाइएको छ ।

विश्वविद्यालय अन्तर्गतको वार्ता समिति र विद्यार्थीबीच वार्ता भई सहमति भएपछि ताला खुलेको विश्वविद्यालयका उपलेखा नियन्त्रण नविनकुमार पोख्रेलले जानकारी दिए ।

विद्यार्थी नेता प्रवेश चौवेका अनुसार धेरै लामो समयको प्रयासपछि सहमतिमा ताला खोलिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *