एमबाप्पेलाई चोट, कम्तीमा तीन साता मैदान बाहिर – Nepal Press

एमबाप्पेलाई चोट, कम्तीमा तीन साता मैदान बाहिर

हेटौँडा । रियल मड्रिडका स्टार फरवार्ड केलियन एमबाप्पे तिघ्राको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् ।

गत मङ्गलवार डिपोर्टिभो अलाभेस विरुद्धको खेलमा ८० औँ मिनेटमा तिघ्रामा चोट बोकेर मैदान बाहिरिएका उनी कम्तीमा तीन हप्ता मैदान बाहिर रहनुपर्ने भएको हो । प्रतिस्थापन गर्नु अघि ३-२ को जितमा गोल गरे।

उनको स्वास्थ्य अवस्थाबारे रियल म्याड्रिडकाले भनेको छ ‘परीक्षण पछि बायाँ खुट्टामा बाइसेप्स फेमोरिसमा चोट लागेको देखिएको छ ।’

एमबाप्पेले ला लिगा अन्तरगत आइतबार एट्लेटिको म्याड्रिडमा लिग खेल्दैछ त्यसमा एमबाप्पे देखिनेछैनन् ।

त्यसपछि च्याम्पियन्स लिगमा लिले र अक्टोबर अन्तर्राष्ट्रिय विश्राम अघि स्पेनिस भिल्लारियल खेल्नेछ।

यी तिनै खेलमा रियलले एमबाप्पेविना खेल्नेछ । एमबाप्पेले चोटग्रस्त हुनुअघि सात खेलमा ६ गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *