युरोपा लिग : टोटनह्याप्म विजयी, रोमा र बिल्बाओको बराबरी
नेपाल प्रेस
२०८१ असोज ११ गते ९:२२
हेटौँडा । युरोपा लिग फुटबलमा इङ्लिस क्लब टोटनहमले जित निकालेको छ। इटालियन क्लब रोमा र स्पेनिस क्लब एथलेटिको बिल्बाओले बराबरी खेलेका छन् ।
गए राति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३-० को जित निकालेको हो ।
टोटनह्याप्मको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे।
गए राति नै भएको खेलमा इटालियन सिरी ‘ए’ क्लब रोमा र स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबीचको खेल १-१ को बराबरी खेलेका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर