ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्मबाटै शेयर धितो कर्जाको सुविधा – Nepal Press

ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्मबाटै शेयर धितो कर्जाको सुविधा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखी सरल प्रकृयाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाटै कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाखसम्म तोकिएको छ ।

यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयम्को हुनु पर्ने शर्त छ । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

ग्लोबल आईएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत यो बैंकले सम्मान पाएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र छन् ।

ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *