झरीले अधिकांश एयरपोर्ट बन्द- ट्याक्सी वे भरिभराउ, बैंकक र दिल्लीबाट आएको जहाज पनि ‘होल्ड’ – Nepal Press

झरीले अधिकांश एयरपोर्ट बन्द- ट्याक्सी वे भरिभराउ, बैंकक र दिल्लीबाट आएको जहाज पनि ‘होल्ड’

काठमाडौ । बिहानैदेखिको झरीका कारण आज आन्तरिक उडान प्राय: ठप्प छ । त्यस्तै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी कम भएकाले विदेशबाट आएका २ जहाज आकाशमै होल्ड गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले नेपाल प्रेसलाई बताए । बैंककबाट आउँदै गरेको थाइ एयरवेज, दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्स होड्ल गरिएको छ ।

यस्तै चीनबाट आएको हिमालयन एयरलाइन्स पनि केही समय होल्ड भएर भर्खरमात्र अवतरण भएको शेर्पाले बताए ।

जनकपुर, धनगढी, भैरहवामा भने यसअघि नै उडान भइसकेको छ भने अन्तका विमानस्थल बन्द छन् । लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेको छैन ।

पार्किङमा जहाज नअटेर ट्याक्सी वेमा समेत भरिभराउ छ । त्यस्तै विमानस्थलभित्र प्रतीक्षालयमा यात्रुको भिड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर