मोबाइल बैकिङ चलाउने साढे २ कराेड – Nepal Press

मोबाइल बैकिङ चलाउने साढे २ कराेड

काठमाडौं । नेपालमा मोबाइल बैकिङ प्रायेगकर्ताहरुकाे संख्या करिब साढे २ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म मोबाइल बैकिङ प्रयोगकर्ता २ करोढ ४९ लाख ६१ हजार १ सय ६५ पुगेको छ ।

तीन वर्षमै ६६ लाख ५३ हजार ९ सय १० जना मोबाइल बैकिङ प्रयोगकर्ता थपिएका छन् । २०७९ असार मसान्तसम्म मोबाइल बैकिङ प्रयोगकर्ता १ करोड ८३ लाख थिए । ४ करोड ७४ लाख ६० हजार २ सय ४५ वटा कारोबारमा ३ खर्ब ७७ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै १९ लाख ६२ हजारले इन्टरनेट बैकिङ प्रयोग गर्छन । इन्टरनेट बैकिङमार्फत २२ अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एटिएमबाट ८७ अर्ब ८७ करोड २० लाख रुपैयाँ झिकिएको छ । यस्तै क्युआरबाट ६२ अर्ब ६० करोड रुपैया भुक्तानी भएको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *