कोशी प्रदेशद्वारा २०८२ लाई पर्यटन वर्ष घोषणा (भिडिओ) – Nepal Press

कोशी प्रदेशद्वारा २०८२ लाई पर्यटन वर्ष घोषणा (भिडिओ)

काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गरी आन्तरिक स्रोत अभिवृद्धिका लागि २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ ।

४५ औं पर्यटन दिवसको उपलक्ष्यमा शुक्रबार विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश मुलुककै पर्यटन हब बन्न सक्ने सम्भावना भएकाले निजी क्षेत्र र पर्यटन व्यवसायीहरुको सहकार्यमा करिब २५ प्रतिशत थप पर्यटक भित्र्याउने तयारी रहेको बताए । उनले भारतिय पर्यटक मात्र नेपाल भित्र्याउन सके पर्यटन क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिने धारणा व्यक्त गरे ।

भारतिय पर्यटक गाडीहरुलाई सजिलै आवतजावत र घुमघामका लागि सहजता प्रदान गर्न सिमा क्षेत्रमा सुरक्षा जाँच स्टीकर लगाउने कार्य पनि शुक्रवार देखि नै शुरुवात गरिएको छ । सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले सुरक्षा जाँच स्टीकर कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *