अखिल क्रान्तिकारीको प्रस्तावित विधानमा ३३ पदाधिकारी, २४३ सदस्यीय केन्द्रीय समिति – Nepal Press

अखिल क्रान्तिकारीको प्रस्तावित विधानमा ३३ पदाधिकारी, २४३ सदस्यीय केन्द्रीय समिति

पञ्चा सिंह नेतृत्वको केन्द्रीय समिति विघटन, अध्यक्ष मण्डल र निर्वाचन समिति गठन

काठमाडौं । अखिल (क्रान्तिकारी)ले प्रस्तावित विधानमा ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा प्रस्ताव गरिएको विधानमा ३३ सदस्यीय पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय समिति रहनेगरी प्रस्ताव गरिएको हो ।

संगठनका महासचिव दिपेश पुनले प्रस्तुत गरेको प्रस्तावित विधानमा एक अध्यक्ष, ९ जना उपाध्यक्ष जसमा ४ खुला र ५ समावेशी, एक महासचिव, उपमहासचिव ९, सचिव १२ र एक कोषाध्यक्ष प्रस्ताव गरिएको छ ।

विधानमा केन्द्रीय समितिको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय सचिवालयको प्रस्ताव गरिएको छ भने सचिवालयमा पदाधिकारीसहित हरेक प्रदेशबाट निर्वाचित एक छात्रा र एक समावेशी सहित ५ जना र केन्द्रीय कार्यालयको मातहत रहनेगरी विश्वविद्यालय प्रदेशमा आबद्ध नरहेका विश्वविद्यालय समितिबाट ३ जना रहनेगरी प्रस्ताव गरिएको छ ।

यद्यपी विधानमा एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ ।

बिहीबारबाट सुरु भएको सम्मेलनमा शुक्रबार विधान र प्रतिवेदन प्रस्तुत मात्रै भएको संगठनका निवर्तमान उपाध्यक्ष इन्द्र भुसालले जानकारी दिए । उनका अनुसारशनिबार बिहान ११ बजेदेखि अध्यक्ष प्रस्ततु गरेको राजनीतिक प्रतिवेदन र महासचिव पुनले प्रस्तुत गरेको विधानमाथी छलफल हुनेछ ।

भुुसालका अनुसार संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिरबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । अध्यक्ष मण्डलमा चन्द्र माङमु, मानसिंह शाही, पुष्कर शर्मा, त्रिदेव गुरुङ, अर्जुन पौडेल, सिमा शाही रहेका छन् । यस्तै पूर्वमहान्यायधीवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्तिनारायण प्रधानको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *