नारायणगढ-मुग्लिन सडकमा ९ ठाउँमा पहिरो, सडक पूर्ण अवरुद्ध – Nepal Press

नारायणगढ-मुग्लिन सडकमा ९ ठाउँमा पहिरो, सडक पूर्ण अवरुद्ध

चितवन । लगातारको वर्षाको कारण नारायणढ नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरोको जोखिमको कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजे सडक खुल्ने भनेपनि २९ किलोमिटर सडकबीचमा ९ ठाउँमा पहिरो र सडक समेत भास्सिएकोले बाटो खुल्न सकेको छैन ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सडकको नौ किलोमा सडक तल भास्सिएको छ । भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहरो गएको छ ।

सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था नभएको उनले बताए । त्यसैगरि पूर्वप्रश्चिम हाइवेको टिकौली जंगलमा दुईवटा ठूला रुख ढल्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर