हेटौंडा-काठमाडौंको सबै सडक अवरुद्ध – Nepal Press

हेटौंडा-काठमाडौंको सबै सडक अवरुद्ध

हेटौंडा । अविरल वर्षाका कारणले त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी सडक सहित हेटौंडाबाट काठमाडौ जाने सबै सडक अवरुद्द भएको छ ।

कुलेखानी–सिस्नेरी र कुलेखानी–फाखेलको सडकको विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको भने यसैगरी कान्ति लोकपथको पनि विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्द भएको छ ।

त्रिभुवन राजपथको दामनमा पहिरो गई रुख ढलेको कारण सडक अवरुद्ध छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा सयौं यात्री बाटोमानै अलपत्र परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *