रोशी र सुनकोशीका तटीय क्षेत्रमा तबाही, के-के भयो मुल्कोट र खुर्कोटतिर ? – Nepal Press

रोशी र सुनकोशीका तटीय क्षेत्रमा तबाही, के-के भयो मुल्कोट र खुर्कोटतिर ?

दुम्जास्थित कुशेश्वर महादेव मन्दिर क्षेत्रमा अवस्थित गुरुकुलका ३२ जना विद्यार्थी र शिक्षकको उद्धार हुन सकेन

काठमाडौं । रोशीखोला र सुनकोशीको बाढी तथा पहिरोबाट काभ्रे र सिन्धुलीमा व्यापक क्षति गरेको छ । दुम्जा नेपालथोक नजिकै बान्द्रे ओढारनिर बीप राजमार्गको सय मिटर सडक बगाएको छ । सडकनै बगेपछि बीपी राजमार्ग पूर्णत अबरूद्ध भएको छ ।

खुर्काेट र मुल्कोटजस्ता तटीय क्षेत्रबा बस्ती तथा होटल र बसपार्कलागयतका संरचनाहरु डुबानामा परेका छन् । मुल्कोटका रिसोर्टमा रहेका पर्यटकलाई नदी बढ्न थालेपछि राति नै सुरक्षित स्थलतर्फ सारिएको स्थानीय हरिकृष्ण श्रेष्ठलाई उदृत गर्दै पत्रकार दीपक विहीनले बताएका छन् ।

मुल्कोटका क्वालिटी रिसोर्ट, होटल पौवा पूर्णतः डुबानमा परेको छ । पशुपति आधारभूत विद्यालयलगायत डुबानमा परेको छ । मुल्कोटको घाटे पाटी बगाएको छ । रामेछाप भिरपानीस्थित सित्खा बजारको बरपिपल बोट बगाएपछि बजारतर्फ कटान सुरू भएको छ ।

रोशीखोलाले दुम्जाका दुई ठूला फाँट नदि कटानमा पारेको छ । सुनकोशी–१ दुम्जा गजुली दहमा एउटा पक्की घर रोशीले ढालेको छ । सुनकोशीको सतह बढेर कुशेश्वर मन्दिरको सत्तलसम्म आइपुगेको छ ।

मन्दिर पूर्वतर्फको पर्खाल रोशीले खसालेर कटान थालेको स्थानीयले बताएका छन् । सो मन्दिर परिसरमा रहेका गुरूकुलका विद्यार्थी र शिक्षक गरि ३२ जनाको उद्धार हुन सकेको छैन । रोशीले यसवर्ष तीन दशकयताकै ठूलो बिनाश गरेको काभ्रेका सांसद गोकुल बास्कोटाले बताए ।

जताततै बाढी पहिरोले सडक बगाएपछि उद्दारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । सुनकोशीले खुर्कोट बसपार्क क्षेत्र डुबाएसँँगै रामेछापतर्फ जाने पक्की पुलसम्म पानी पुगेको छ । खुर्कोटमा रामेछाप र सिन्धुली जोड्ने झोलुङगे बगाइसकेको छ । यहाँको बजार डुबाएर सुनकोशी नदी सडक छेउमा पुगेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर