एन्फा एकेडेमीका छ जना विद्यार्थीलाई पहिरोले पुर्‍यो – Nepal Press

एन्फा एकेडेमीका छ जना विद्यार्थीलाई पहिरोले पुर्‍यो

हेटौंडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोमा पुरिएका छ्न् ।

मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ विद्यार्थी विद्यार्थी पहिरोमा पुरिएका हुन् ।

बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले बताए । नेपाल प्रेससँग कुरा गर्दै ठकुरीले अहिले पुरिएकाहरुको खोजोकार्य भैरहेको बताए ।

कुलेखानी ड्यामको ढोका खुलेपछी ती विद्यार्थीले छोटो बाटो प्रयोग गरि हिडेपछी पहिरोमा परेको उनको भनाई छ ।

हराएकाहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, बारा र दिवस बानियाँ मकवानपुर रहेका छन ।

एन्फाले गतवर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ३७ विद्यार्थीलाई एकेडेमीमा राखेको थियो । थप विद्यार्थी भने सकुशल रहेको ठकुरीले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर