सप्तकोशीमा वर्षकै उच्च वहाव भएपछि खतराको संकेत, खोलिए सबै ढोका (भिडिओ) – Nepal Press

सप्तकोशीमा वर्षकै उच्च वहाव भएपछि खतराको संकेत, खोलिए सबै ढोका (भिडिओ)

काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।

नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो । पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८० हजार ४ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । यसैबीच बढ्दो बहावलाई मध्यनजर गर्दै भारतीय पक्षले समेत अलर्ट जारी गरेको छ । जल संसाधन विभाग पटनाले विशेष बुलेटिन जारी गर्दै कोशीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेकसम्म पुग्ने अनुमान गरेको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर