नेता कार्यकतालाई गगन थापाको निर्देशन- पार्टीको कार्यक्रम रोकेर उद्धारमा जुट्नुहोस् – Nepal Press

नेता कार्यकतालाई गगन थापाको निर्देशन- पार्टीको कार्यक्रम रोकेर उद्धारमा जुट्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सबै नेता कार्यकर्तालाई उद्धारमा खटिन आग्रह गरेका छन् ।

देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबान भएको भन्दै पार्टीका सबै कार्यक्रम स्थगित गरेर उद्धारमा लाग्न निर्देशन दिएका हुन् ।

उनले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘हामीहरुले उद्धारमा खटिनुपर्ने स्थिति छ । सरकार, अरु राजनीतिक दल पार्टी र समाजमा भएकाहरुसँग मिलेर काम गर्नुपर्छ । यो लगत्तै पार्टीका कार्यक्रम नगरी जहाँ अफ्ठ्यारो परेको छ। त्यसमा सबै तहकाबाट खट्होस् ।’

उनले भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय गर्ने भएकाले एकजुट भएर लाग्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *