कुलेखानी ड्याम खोल्दा सिस्नेरी प्रहरी चौकी नै बगायो – Nepal Press

कुलेखानी ड्याम खोल्दा सिस्नेरी प्रहरी चौकी नै बगायो

हेटौंडा । कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा रहेको प्रहरी चौकी नै बगाएको छ ।

ड्याम खोल्दा सिस्नेरी खोलामा आएको बाढिले सिस्नेरी बजार क्षेत्रमा रहेको प्रहरी चौकी बगाएको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष डिके पुडासैनीले बताए ।

नेपाल प्रेससँग कुरा गर्दै पुडासैनीने भने, ‘इन्द्रसरोवरमा यो वर्षको बाढी पहिरोले अहिलेसम्मकै ठूलो क्षति गरेको छ, ५० सालको भन्दा पनि ठूलो क्षति भएको छ, अझैपनि पानी रोकिएको छैन, अझै ठूलो विपतको संभावना छ ।’

इन्द्रसरोवर गाउँपालिकामा मात्र वाढिको कारण ५० घर टहरा बगाईसकेको उनले बताए । गाउँपालिकामा काठमाडौ जोडने र जिल्ला सदरमुकाम पुग्ने सबै स्थल मार्गहरु अवरुद्ध हुँदा उद्धारको टोली आउनपनि समस्या भइरहेको उनले बताए ।

गाउँपालिकामा उपलब्ध श्रोत साधनले उद्धार कार्य गरिरहेको उनले बताए । विधुत समेत नहुदा संचारको लागि समेत मोबाईल चार्ज गर्न पनि समस्या भएको, घाइतेलाई अस्पताल लग्न पनि समस्या भएको उनले बताए ।

गाउँपालिकाको बत्सलादेवी माविमा पुर्ण छात्राबृत्तीमा अध्यनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोले पुरिएको र उनीहरुको उद्दारमापनि कठिनाई अवस्था भैरहेको पुडासैनीको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर