पहिरोले दोलखामा २ सैनिकसहित ७ जना बेपत्ता, किर्नेटारबाट स्थानीयलाई सारियो – Nepal Press

पहिरोले दोलखामा २ सैनिकसहित ७ जना बेपत्ता, किर्नेटारबाट स्थानीयलाई सारियो

दोलखा । दोलखाका दुई ठूला विद्युत आयोजना माथिल्लो तामाकोशी र खिम्ती क्षेत्रमा बाढीको विपत्ति थपिएको छ । खिम्ती जलविद्युत आयोजनाको किर्नेटारमा तामाकोशीले कटान बढाएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहलाई पहिरोले बगाउँदा ४ जना सम्पर्कविहीन बनेका छन् ।

तामाकोशी विद्युत केन्द्रमा कार्यरत २ कर्मचारी र २ नेपाली सेना गरी चार जना सम्पर्क विहिन भएको दोलखा प्रहरीले जनाएको छ ।

दोलखाकै भिमेश्वर नगरपालिका–६ सिमपानी नजिकै राम बहादुर भुजेलको घर भत्कदा ३ जना वेपत्ता बनेका छन् । एक बालकको जिवितै उद्वार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर