नख्खुमा टहरोसहित बगेका तीनै जनाको जीवितै उद्दार – Nepal Press

नख्खुमा टहरोसहित बगेका तीनै जनाको जीवितै उद्दार

काठमाडौं । नख्खुमा टहरासहित बगेका तीनै जनाको उद्दार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नख्खु खोलाको बाढी पसेपछि लामो समयसम्म उनीहरु उद्दारका लागि टहरोको माथि उभिएर बसेका थिए ।

तर समयमै उद्दार गर्न सक्ने अवस्था नभएपछि हेर्दा हेर्दै उनीहरुलाई टहरोसहित बाढीले बगाएको थियो ।

बाढीमा बगेका तीनैजनाको उद्दार भएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

२ जनाको तत्कालै नख्खुकै पुर्ण केसीलगायतले पौडेर उद्दार गरेका थिए भने अर्का एकजनाको पनि उद्दार भएको सशस्त्र प्रहरीले जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर