बाढीमा फसेकाको उद्धारमा वाइसीएलको टोली पनि खटियो (भिडिओ) – Nepal Press

बाढीमा फसेकाको उद्धारमा वाइसीएलको टोली पनि खटियो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन योङ्ग कम्युनिस्ट लिग ९वाइसीएल०ल पनि बाढीमा फसेकाहरूको उद्धारमा जुटेको छ।

काठमाडौं र ललितपुरमा संगठनका वरिष्ठ उपाध्यक्ष कसम गुरुङको नेतृत्वमा १५६ जनाको टिम सक्रिय रूपमा उद्धारमा लागेको हो।

काठमाडौं र ललितपुरका विभिन्न खोला किनाराका बस्तीमा फसेकाहरूको उद्धार गरिएको वाइसीएल सचिव हरि ढकालले बताए ।

काठमाडौंमा मात्रै नभएर देशैभरि वाइसीएलको टिम उद्धारमा जुटेको उनले बताए।

विपद्को बेलामा एक अर्कामा सहयोग गर्न समेत आग्रह गरे।

दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।

हालसम्म विपद्मा परेर देशभर ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्।


प्रतिक्रिया

One thought on “बाढीमा फसेकाको उद्धारमा वाइसीएलको टोली पनि खटियो (भिडिओ)

  1. प्रचण्ड सरकारमा हुँदा मोटाएकाहरूले के गर्लान उद्दार खोइ ? यो सबै नौटंकी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर