हेजबुल्ला प्रमुख मारिएको इजरायली भनाइ पछि इरानी सर्वोच्च नेतालाई सुरक्षित स्थानमा सारियो – Nepal Press

हेजबुल्ला प्रमुख मारिएको इजरायली भनाइ पछि इरानी सर्वोच्च नेतालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । लेबनानी राजधानी बेरुतमा गरेको बमबारीमा लडाकु समूह हेजबुल्ल्लाका प्रमुख हसन नसरल्ल्लालाई मारिएको इजरायली भनाई सार्वजनिक भएपछि इरानी सर्वोच्च नेता अयोतल्ला अली खामेनीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

रोयटर्सका अनुसार इरानमा सुरक्षा कडाइ गरिएको छ । रोयटर्सले दुई इरानी अधिकारीसँग कुरा गरेर यस्तो बताएको सार्वजनिक भएको छ । लेबनानको सिया लडाकु समूह हेजबुल्लासँग इरानी निकट सम्पर्कमा भएको बताइएको छ ।

हेजबुल्लाका प्रमुख मारिएको इजरायली भनाई आएसँगै इरानी सर्वोच्च नेतालाई पनि सुरक्षित स्थानमा सारिएको खबर सार्वजनिक भएको छ ।

हेजबुल्ला र इजरायललाई अमेरिका, बेलायत लगायतका देशहरूले २१ दिन युद्ध बिराम गर्न आग्रह गरेका थिए । तर, इजरायलले नटेरीकन आफ्नो सैन्य मिसन जारी राखेको थियो ।

विभिन्न विश्व मिडियाहरूका अनुसार लेबनामको विमानस्थलमा इरानी जहाज अवतरण गर्न खोज्दा लेबनानी अधिकारीहरूले अनुमति दिएका छैनन् । नागरिक भन्दा अरू जहाज उडाएमा बेरुत विमानस्थल ध्वस्त गर्ने इजरायलले धम्की दिएको छ ।

बेरुत वरपरको हवाई क्षेत्रमा इजरायली युद्ध हवाईजहाजले गस्ती गरिरहेको जानकारी सार्वजनिक भएको छ ।

सिया मुसलमान देश इरान र सिया लडाकु दस्ता हेजबुल्लाको निकट सम्बन्ध रहँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर