तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण – Nepal Press

तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। बाढी पहिरो र डुबानमा फसेकाहरूको तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न पनि आग्रह गर्दछु।’

अविरल वर्षाका कारण देशभर हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै तह र निकायलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न निर्देशन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *