कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षणमा मुख्यमन्त्री कार्की – Nepal Press

कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षणमा मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा शनिवार दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी थिए।

मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेका हुन् । फसेकाहरूको उद्धार गर्न हेलिकप्टरमार्फत प्रयास भइरहेको छ ।

यस्तै प्रदेश भर वर्षा भई रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिए ।

अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ ।

कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर