सुनकोशी र रोशीकोबीचमा फसेका कुशेश्वर गुरुकुलका बटुकसहित ३३ जनाको २४ घण्टापछि उद्दार – Nepal Press

सुनकोशी र रोशीकोबीचमा फसेका कुशेश्वर गुरुकुलका बटुकसहित ३३ जनाको २४ घण्टापछि उद्दार

काठमाडौं । सिन्धुलीको दुम्जास्थित कुशेश्वर महादेव परिसरमा अलपत्र परेका संस्कृत गुरुकुलका बटुक र शिक्षकहरूको करिब २४ घण्टापछि उद्धार गरिएको छ ।

सुनकोशी गाउँपालिकास्थित आदिलिङ्ग कुशेश्वर मन्दिर परिसरमा रोशीको बाढी पसेको थियो ।

बाढीले सबैतिरबाट घेरेपछि नदीबीचमा फसेका गुरुकुलका ३३ जनालाई हेलिकोप्टरबाट शनिवार साँझ उद्धार गरिएको पूर्व मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत बटुक र शिक्षक बाढीको बीचमा फसेको जिप्रका सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेले जानकारी दिए ।

मन्दिकारे पछाडि सुनकोशी नदी र अगाडी रोशी खोलाको बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेका थिए ।

उनीहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखिएको नारायण अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर