आफ्ना प्रमुख मारिएको हेजबुल्लाबाट औपचारिक रूपमा पुष्टि – Nepal Press

आफ्ना प्रमुख मारिएको हेजबुल्लाबाट औपचारिक रूपमा पुष्टि

काठमाडौं । लेबनानी सिया लडाकु समूह हेजबुल्लाले आफ्ना नेता मारिएको औपचारिक पुष्टि गरेको छ ।

शुक्रवार इजरायली युद्ध हवाइजहाजले लेबनानी राजधानी बेरुतमा हानेर बमबारीमा परेर हेजबुल्ला प्रमुख सहन नसरल्ला मारिएको इजरायलले शनिवार सार्वजनिक गरेको थियो ।

इजरायलले गरेको दाबी अहिले औपचारिक रूपमा पुष्टि भएको छ । इजरायले हत्या गर्ने भयले वर्षौँबाट सार्वजनिक कार्यक्रममा नदेखिएका नसरल्लालाई इजरायलले शुक्रवार बेरुतको एक अपार्टमेन्टमा हमला गरेर मारेको छ ।

अपार्टमेन्टका छ भवनलाई इजरायलले माटोमा लिएको थियो । जसमा धेरै सर्वसाधारणको पनि ज्यान गएको लेबनानले सार्वजनिक गरेको छ ।

हेजबुल्ला इजरायलले लेबनानमा हमला गरेको प्रतिकारमा बनेको सिया लडाकु समूह हो ।

लेबनानी सेना भन्दा शक्तिशाली लडाकु सेना भएको हेजबुल्लालाई सिया मुलुक इरानले साथ र सहयोग दिँदै आएको थियो ।

अलजजिराका अनुसार हेजबुल्लाले लेबनान र गाजामा भएको इजरायली हमालको प्रतिकार जारी राख्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर