सिस्नेरीमा पहिरोमा पुरिएका ६ जना बालकको शव फेला – Nepal Press

सिस्नेरीमा पहिरोमा पुरिएका ६ जना बालकको शव फेला

हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका छ जना बालकको शव फेला परेको छ ।

इन्द्रसरोबर गाउँपालिकामा रहेको बत्सलादेवि माविमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीको शव भेटिएको हो ।

एन्फा एकेडेमीको पूर्ण छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरु शनिबार बिहान पहिरोमा पुरिएका थिए । उनीहरूको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले नेपा प्रेसलाई बताए ।

एन्फाबाट छात्रवृत्ति पाएर अध्ययन गरिरहेको ६ सहित ४० विद्यार्थीहरूलाई लिनको लागि यति वेला नेपाली सेनाको हेलिकप्टर सिस्नेरी पुगेको चिलवालको भनाई छ ।

शनिवार बिहान आफ्नो विद्यालयतर्फ जाँदै गर्दा ६ जना विद्यार्थीहरू पहिरोको चपेटामा परेका थिए ।

सेनाको हेलिकप्टरबाट शव सहित अन्य विद्यार्थीलाई हेटौँडा ल्याउने या काठमाडौँ लग्ने भन्ने छलफल भइरहेको चिलवालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *