शोलुमा पहिरोले पुरिएर २ जनाको मृत्यु – Nepal Press

शोलुमा पहिरोले पुरिएर २ जनाको मृत्यु

विराटनगर । घर माथिबाट खसेको पहिरोले पुरिएर सोलुखुम्बुको टाप्टिङमा शनिवार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रुपु मगर मृत्यु भएको हो ।

अध्यक्ष होमबहादुर मगरले शनिवार अपराह्न पहिरो खसेको बताए । पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएको उनले बताए ।

घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडाध्यक्ष मगरले बताए ।

घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तर रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर