रुपन्देहीमा बलेरो जीपसहित दुईजना वेपत्ता – Nepal Press

रुपन्देहीमा बलेरो जीपसहित दुईजना वेपत्ता

रुपन्देही । रुपन्देहीमा एउटा बलेरो जीपसहित दुईजना बेपत्ता भएका भएका छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाबाट दूध संकलन गरेर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्बरको बोलेरो जीपसहित चालक र सहचालक बेपत्ता भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

सम्मरीमाई गाउँपालिका वडा नं ५ मा रहेको तिवारी दुग्ध संकलन तथा वितरण केन्द्रबाट बिहान ३ बजे दूध लिएर भैरहवा आउँदै गरेको उक्त जीप गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमकिनारमा रहेको घाघरा खोलाको कजवेबाट सम्पर्कबिहीन भएको र अहिलेसम्म केही पत्तो नलागेको उनको भनाइ छ ।

चालक सर्लाहीका प्रकाश तामाङ र जिपका सहचालक रुपन्देहीको सम्मरीमाईका उमेश लोध विमानस्थलको पश्चिम किनारामा आइपुगेपछि सम्पर्कबिहीन भएका हुन् ।

विमानस्थलबाट बाहिर निस्कने घोलाको कजवेमा बाढी आएको रहेछ त्यहीबाट जीपसंग बगाएको आशंकामा नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बिहानैदेखि खोजी गरेको तर केही संकेत फेला नपरेको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।

जीपधनीको सूचनाका आधारमा विमानस्थलको कजवेलाई आधार मानेर खोजी सुरु गरिएको तर उनीहरुको अवस्था दिनभर खोज्दा पनि उनीहरुको अवस्था पत्ता लाग्न नसकेको उनले बताए।

घाघरा खोला कजवेभन्दा ५० मिटर पश्चिमबाट तिनाउ नदीमा मिसिएर बग्ने गर्दछ। तिनाउ नदीमा रातभरको अविरल वर्षाले बाढी आएकोले खोजीमा समस्या भएको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर