अवरुद्ध यातायात सहज बनाउन भौतिकमन्त्री दाहालको निर्देशन – Nepal Press

अवरुद्ध यातायात सहज बनाउन भौतिकमन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढि पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिएका छन । सम्वद्ध निकाय विच समन्वय गरि सडक तथा यातायात क्षेत्र सहज बनाउन उनले निर्देशन दिएका हुन् ।

उनले अबिरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुल समेत बगाएपछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न निर्देशन दिए । मौसमी प्रतिकुलताका कारण उत्पन्न भएको परिस्थितिमा सवै पक्षले सहकार्य र समन्वय गरि सहज स्थिति निर्माणमा जुट्नुपर्ने पनि बताए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले देशै भरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभाग मार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिए । पहिरो पन्छाई सडक सुचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उनले बताए ।

अबिरल वर्षा र बाढिका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुशिलबाबु ढकालले विज्ञप्ति जारी गर्दै राजमार्गका ति खण्डमा पहिरो जानका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको बताए । मुग्लिन पोखरा सडक खण्ड तथा मलेखु मुग्लिन नारायढघाट सडक खण्डका पहिरो पन्छाई सडक सुचारु अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर