लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो – Nepal Press

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

हेटौँडा । इंग्लिस प्रिमियर लिगको छैटौँ चरणको खेल समाप्त हुँदा लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराती भएको खेलमा उल्भ्स लाई २-१ ले पराजित हुँदै लिभरपुलले लिगमा आफूलाई पहिलो स्थानमा राख्न सफल बन्यो ।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा कोन्टेले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए । तर उल्भ्सले दोस्रो हाफको ५६ औँ मिनेटमा बराबरी गोल फर्कायो । उसको लागि न्योरीले गोल गरे । तर त्यसको पाँच मिनेटपछि पाएको पेनाल्टीमा लिभरपुलका स्टार खेलाडी मोहमद सलाह चुकेनन् र खेल लिभरपुलले २(१ ले जित्यो ।

जितपछि ६ खेलबाट १५ अंक सहित लिभरपुल लिगको पहिलो स्थानमा रहँदा समान खेलबाट एक अङ्क बटुलेको उल्भ्स तालिकाको अन्तिम अर्थात् २० औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *