सरकारलाई राप्रपाको ध्यानाकर्षण- संकटमा परेका नागरिकको उद्धार र पुनःस्थापना तत्काल होस् – Nepal Press

सरकारलाई राप्रपाको ध्यानाकर्षण- संकटमा परेका नागरिकको उद्धार र पुनःस्थापना तत्काल होस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएकोप्रति दुख व्यक्त गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण ज्यान गुमाएकाहरूको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, संकटमा परेका नागरिकको उद्धार, पुनःस्थापना र घाइतेको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ, क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारको प्रभावकारी अग्रसरता हुनुपर्दछ।

विपदको यो घडीमा राप्रपा सरकार र आम जनसमुदायको साथमा छ । सबै मिलेर यो विपदको सामना गरौँ ।

विपदसँग जुधिरहेका आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनःस्थापनामा जुट्न देशभरका पार्टीका सदस्यहरूलाई आह्वान गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर