बार्सिलोनको लज्जास्पद हार – Nepal Press

बार्सिलोनको लज्जास्पद हार

हेटौँडा । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाको लज्जास्पद हार भएको छ । सात खेलमा अपराजित रहेको बार्सिलोना गएराती भएको खेलमा ओसासुनासँग ४-२ ले पराजित भएको हो ।

खेलमा सुरुवाती अवस्थाबाट नै ओसासुनाले बार्सिलोनालाई दबाबमा राखेको थियो । खेलको १८ औँ मिनेटमा एन्टे बुडिमिरले घरेलु टिमलाई पहिलो अग्रता दिलाए । त्यसको १० मिनेटपछि ओसासुनाले अग्रता दोब्बर बनायो । उसको लागि ब्रायन जारागोजाले गोल गरे ।

पहिलो हाफ २-० को अग्रतामा रहेको ओसासुनाले दोश्रो हाफमा बार्साबाट केही दबाब झेल्नु पर्‍यो ।

बार्साको लागि खेलको ५३ औँ मिनेटमा पाउ भिक्टरले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर ७२ औँ मिनेटमा बुडिमिरले गोल गर्दै घरेलु टोलीको अग्रता थप बलियो बनाए ।

३-१ को अग्रतामा रहेको घरेलु टोलीले खेलको ८५ औँ मिनेटमा पुन गोल थप्यो । उसको लागि अबेल ब्रेन्टोसले गोल गरेपछि खेल ४-१ को अवस्थामा पुग्यो । तर खेलमा बार्साका यमलले ८९ औँ मिनेटमा गोल गरे पनि त्यो हारबाट बच्न काफी भएन ।

हारको बाबजुत पनि बार्सिलोना ८ खेलबाट २१ अंक सहित लिगको पहिलो स्थानमा छ । बार्सालाई पराजित गरेको ओसासुना समान खेलबाट १४ अङ्क सहित छैटौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *