कहाँका थिए झ्याप्लेखोलामा पुरिएको माइक्रो बसका यात्रु ? – Nepal Press

कहाँका थिए झ्याप्लेखोलामा पुरिएको माइक्रो बसका यात्रु ?

चितवन । झ्याप्ले खोलामा पुरिएका सवारी साधन निकाल्ने क्रममा भेटिएको माइक्रो बसमा कहाँका यात्रु थिए भन्ने थाहा हुन सकेको छैन ।

चितवनबाट छुटेको हायस माइक्रोबस काठमाडौँ गइरहेको र पहिलोबाट निकाल्ने क्रममा बा ३ ज १३४५ नम्बरको भएको खुले पनि कहाँका यात्रु थिए, कति थिए भन्ने नखुलेको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।

उक्त माइक्रोबस बारे चितवनका यातायात व्यवसायी संघले पनि जानकारी सार्वजनिक गरेको छैन । माइक्रोबसबाट प्रहरीले १० जनाको शव निकालेको जनाएको छ ।

यद्यपि चितवनमा यात्रु र बसबारे कुनै पनि जानकारी यात्रुका आफन्त वा सरोकारवालाबाट नआएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *