बाढी र पहिरोबाट कोशीमा १५ जनाको मृत्यु, ८ अझै बेपत्ता – Nepal Press

बाढी र पहिरोबाट कोशीमा १५ जनाको मृत्यु, ८ अझै बेपत्ता

विराटनगर । अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । ८ जना बेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता बनेका गौरीगन्ज-२ का केमालाल राजवंशी मृत भेटिएका छन् । यस्तै उदयपुरको रौतामाई-१ की १५ वर्षीया हिसिला तामाङलाई ओडारे खोलाले बगाउँदा उनको पनि मृत्यु भएको छ ।

पहिरोबाट सोलुखुम्बु र पाँचथरमा ५-५ जनाले ज्यान गुमाएका छन् । पाँचथरमा ४ र सोलुखुम्बुमा ४ जना बेपत्ता भएका छन् । पहिरोमै धनकुटामा दुईजनाको मृत्यु हुँदा इलाममा बाढीले एकजनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर