प्रकाश तामाङलाई शेरधनदम्पतीले दिए जग्गा, हाते ट्याक्टर र हल गोरु – Nepal Press

प्रकाश तामाङलाई शेरधनदम्पतीले दिए जग्गा, हाते ट्याक्टर र हल गोरु

भोजपुर । ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ मार्फत् परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङले जग्गाधनीपूर्जा पाएका छन् । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) का कोशी इन्चार्ज शेरधन राईले तामाङलाई ५ रोपनी ३ आना २ पैसा जग्गाको पुर्जा हस्तान्तरण गरे ।

भोजपुरको षडानन्द- १०, साङपाङको छाप्लेगाउँस्थित तामाङकै घर पुगेर राईले लालपूर्जासँगै हाते ट्याक्टर र एक हल गोरु दिए । षडानन्द-८, मा रहेको ५ रोपनी ३ आना २ पैसा राईकी पत्नी जाङ्मु इन शेर्पाको नामबाट प्राप्त गरेका हुन् ।

यसअघि १८ भदौ २०८१ मा राईसँगको भेटमा प्रकाशले पूर्वमुख्यमन्त्री राईसँग जग्गा, हाते ट्याक्टर र एक हल गोरु मागेका थिए । २४ दिनपछि राई प्रकाशको माग पूरा गर्न राई भोजपुर पुगेका थिए ।

उनले भने, ‘प्रकाशजीसँग काठमाडौंमा भएको भेटमा उहाँकै माग अनुसार मैले सहयोगको प्रतिबद्धता गरेको थिएँ । म आज बाँचा पुरा गर्न तपाईको घरमा आइपुगेको हुँ । यो जग्गामा राम्रो धान, सुन्तला, रुद्राक्ष र अकबरे खोर्सानी फल्छ । अब तपाईँले नमुना कृषक बनेर विदेशमा रहेका नेपालीहरुलाई गाउँ फर्किनुपर्छ, गाउँमै अथाह सम्भावना छ भनेर सन्देश दिनुहोला ।’

जग्गा पाएपछि प्रकाशले खुशी व्यक्त गरे ।

प्रकाशले भने, ‘अब मेरो लागि गरी खाने मेलो भएको छ । म धेरै खुशी छु ।’

यसअघि प्रकाशको परिवार सुकुम्बासी थिए । यो जग्गा प्राप्त गरेसँगै अब प्रकाशको परिवार सुकुम्बासीबाट जग्गाधनी भएका छन् ।

समाजसेवी जाङ्मु इन शेर्पाले प्रकाशलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

उनले भनिन्, ‘काठमाडौंमा भेट्ना उहाँले राख्नु भएको माग हामीले पुरा गर्ने वाचा गरेका थियौं । आज त्यो वाँचा पुरा गर्न पाउँदा खुशी लागेको छ । प्रकाश तामाङ जस्ता गाउँमै सम्भावना देखेकालाई सहयोग गर्न पाउदा खुबी लागेको छ ।

यसअघि भदौ १८ मा पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई १ लाख नगद सहयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर