उद्धार तथा राहतबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक – Nepal Press

उद्धार तथा राहतबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आव्हान गरेको सर्वदलीय बैठकमा अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, विभिन्न दलका नेता र सरोकारवाला उपस्थित छन् । विपद्‍बाट भएको जनधनको क्षति र राहत तथा उद्धारको योजना बनाउन सरकारले सर्वदलीय बैठक आव्हान गरेको हो ।

प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरू, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर