मनलाग्दी हवाई भाडामा संसदीय समितिको चासो- नियन्त्रणका लागि सरकारलाई पत्राचार – Nepal Press

मनलाग्दी हवाई भाडामा संसदीय समितिको चासो- नियन्त्रणका लागि सरकारलाई पत्राचार

काठमाडौं । विपत्तिले जनजीवन प्रभावित भएको अवस्थामा विमान सेवा कम्पनीले आफूखुसी भाडा बढाएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था सुशासन समितिले भाडा दर नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै समितिले पर्यटनमन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको हो ।

दशैँको मुखमा विपद्ले जनमानसमा त्रास भइरहेको साथै सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परिरहेको बेला वैकल्पिक साधन हवाई यातायातमा समेत एयरलाइन्सहरूले मनलाग्दी भाडा बढाएकाले समितिको निचोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर