तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय – Nepal Press

तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय

काठमाडौं । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् । अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले नेपालप्रेसलाई जानकारी दिए ।

अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बेच्नेछन् । दशैं नजिकिएसँगै हवाईसेवा कम्पनीहरुले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए ।

दशैंको मुखमै भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो । बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिन नहुने माग सर्वासधारणको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर