प्रतिनिधि शुल्क २ हजार राखेको विरोधमा अखिल क्रान्तिकारीको महाधिवेशनस्थलमै आन्दोलन (भिडिओ) – Nepal Press

प्रतिनिधि शुल्क २ हजार राखेको विरोधमा अखिल क्रान्तिकारीको महाधिवेशनस्थलमै आन्दोलन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको महाधिवेशनमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको छ ।

दूरदराजबाट आएका विद्यार्थीसँग २ हजार प्रतिनिधि शुल्क तोकिनु अन्यायपुर्ण रहेको भन्दै ६ सय भन्दा बढी प्रतिनिधिले हस्ताक्षर संकलन गरेर अध्यक्ष मण्डललाई बुझाएका छन् ।

महाधिवेशनमा सहभागी करिब २३ सय प्रतिनिधिमध्ये २५ प्रतिशतभन्दा बढीले हस्ताक्षर संकलन गरेर बुझाएको शुल्क खारेज हुनुपर्ने दोलखाबाट प्रतिनिधित्व गर्ने नेता मीनकुमार शिवाकोटीले बताए ।

असोज १० गते माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र जारी छ ।


प्रतिक्रिया

One thought on “प्रतिनिधि शुल्क २ हजार राखेको विरोधमा अखिल क्रान्तिकारीको महाधिवेशनस्थलमै आन्दोलन (भिडिओ)

  1. पैसा उठाएर अध्यक्षलाई समेत बुझाउनु छ रे । सिन्धुलीको दाहालले ४५ लाख चितवनमा घर बनाउन दिएजस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर