झ्याप्ले खोला पहिरो : ३५ जनाको शव निकालियो – Nepal Press

झ्याप्ले खोला पहिरो : ३५ जनाको शव निकालियो

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ ।

असोज ११ गते शुक्रबार बिहान बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो भने गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।

पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरु पहिरोमा पुरिएका थिए ।

पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ । उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसीबीको सहायताले पहिरो पन्छ्याई खोजी तथा उद्धार कार्य गरिरहेको छ । सम्भवत आजै सो सडक एकतर्फी खुल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर