सहकारी ठगीमा दिल्लीबाट पक्राउ परेका ढोरपाटनका मेयरलाई पोखरा हुँदै बागलुङ लगियो (भिडिओ) – Nepal Press

सहकारी ठगीमा दिल्लीबाट पक्राउ परेका ढोरपाटनका मेयरलाई पोखरा हुँदै बागलुङ लगियो (भिडिओ)

पोखरा । सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पोखरा हुँदै बागलुङ लगिएको छ ।

उनलाई थप अनुसन्धानका लागी पोखरा हुँदै बागलुङ लगिएको हो । शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई केही बेरअघि काठमाडौ ल्याइएको थियो ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । उनी गत वर्ष जेठदेखि नै फरार थिए ।

गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर