सिधा कुराले अदालतको मानहानी गरेको ठहर, सर्वाेच्चको पूर्ण इजलासले तोक्यो कैद र जरिवाना – Nepal Press

सिधा कुराले अदालतको मानहानी गरेको ठहर, सर्वाेच्चको पूर्ण इजलासले तोक्यो कैद र जरिवाना

काठमाडौं । सर्वाेच्च अदालतले सिधा कुरा नामक अनलाइन र त्यसमा संलग्न व्यक्तिहरुले अदालतको मानहानी गरेको ठहरसहित सजाय तोकेको छ ।

सर्वोच्चको वृहत पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ ।

युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो । उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ ।

सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ । अनलाइनबाट लिखित माफी मागेमा सो जरिवाना माफी हुनेछ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ सकिएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशन/प्रसारण गरेको थियो । सिधा कुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

उक्त अनलाइनले अख्तियारको स्टिङ अप्रेसनवाला मुद्दाका अभियुक्तहरुलाई सफाइ दिलाउने भन्दै कान्तिपुरका सन्चालक कैलाश शिरोहिया,अन्नपूर्णका रामेश्वर थापा,न्यायाधीश आनन्दमोहन भट्टराईलगायतको संवाद भनिएको अडियो प्रसारण गरेको थियो । सो अडिओ फेक रहेको र अदालतको मानहानी भएको भन्दै सर्बोच्च प्रशासनबाटै रिट दायर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर